Thu Dec 1 2022
मुख्य खबर

आज चन्द्रमा तुला राशिमा, पश्चिम दिशाको यात्रा शुभ रहला 

आज चन्द्रमा तुला राशिमा छन् । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला ।

यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।

साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:४८ बजेदेखि ८:१० बजेसम्म शुभ बेला
बिहान ८:१० बजेदेखि ९:३३ बजेसम्म रोग बेला
बिहान ९:३३ बजेदेखि १०:५५ बजेसम्म उद्धेग बेला
बिहान १०:५५ बजेदेखि १२:१७ बजेसम्म चर बेला
बिहान १२:१७ बजेदेखि १:४० बजेसम्म लाभ बेला
दिनमा १:४० बजेदेखि ३:०२ बजेसम्म अमृत बेला
दिनमा ३:०२ बजेदेखि ४:२४ बजेसम्म काल बेला
दिउँसो ४:२४ बजेदेखि ५:४७ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १:३० देखि ३:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।