Wed Nov 30 2022
मुख्य खबर

पश्चिमी न्यून चापीय प्रणालीको प्रवाभ, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागका अनुसार पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्नेछ।

सो प्रणालीका कारण बिहीबार देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान गरिएको छ।

काठमाडाैं। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज (बिहीबार)देखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्नेछ। सो प्रणालीका कारण बिहीबार देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान गरिएको छ। साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभाग अन्तर्गतको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

विभागका अनुसार उक्त प्रणाली पूर्व सर्ने क्रममा शुक्रबार प्रदेश २ का केही स्थान र अन्य प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

शनिबार सो प्रणालीको असर गण्डकी, बागमती, प्रदेश १ र २ मा रहनेछ। यी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ मा हल्का वर्षा र हिमपातकोसमेत सम्भावना रहेको औँल्याइएको छ। शनिबार रातिबाट क्रमिकरुपमा मौसममा सुधार हुने जनाइएको छ।