Thu Dec 1 2022
मुख्य खबर

हामीले गरेको जनआन्दोलन हो, ओलीको पञ्चर्‍याली : अध्यक्ष प्रचण्ड

काठमाडौ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली समूहका सभालाई ‘पञ्च र्‍याली’को संज्ञा दिएका छन् ।

नेकपा दाहाल–नेपाल समूहले गरेका आमहड्ताल सफल बनाउन सडकमा उत्रिएका अध्यक्ष दाहालले ओलीका सभा तथा शक्ति प्रदर्शनलाई ‘पञ्च र्‍यालीको संज्ञा दिएका हुन।

‘हामीले गरेको जनआन्दोलन हो र केपी ओलीले गरेको पञ्च र्‍याली । यो केपी ओली र प्रचण्डको व्यक्तिगत  जुहारी होइन,’ अध्यक्ष प्रचण्डले, ‘संविधन मिचिएको हुनाले यसका विरुद्ध बाध्यताले हामी आमहड्तालमा उत्रिएका हौँ ।’

उनले संविधानको रक्षाका लागि प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि जसपासम्म सडक संघर्षमा रहेको बताउँदै यो ‘ओली–प्रचण्ड’को व्यक्तिगत जुहारी नभएको बताए ।

उनले भने, ‘यो लोकतन्त्र र लोकतन्त्र विरोधीबीचको लडाइँ हो, सम्भवतः फागुन पहिलो हप्तादेखि संयुक्त आन्दोलन हुन्छ र केपीलाई बढार्छ ।’

उनले गणतन्त्र र संविधानको रक्षाका लागि आफूहरुको आन्दोलन अझ शसक्त हुने बताए । संवैधानिक अंग र भूमि आयोग असंवैधानिक ढंगबाट गठन गरेको वारेमा जानकारी दिन हामी सडकमा उत्रिन बाध्य भएको उनले बताए ।

उनले ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजलगायतलाई मिलेर आन्दोलनमा उत्रिन समेत आग्रह गरे ।