Thu Dec 1 2022
देश

अज्ञात समूहबाट ट्याक्सीमा आगजानी

काठमाडौं । सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ–२६ आत्मज्ञानमा हिँडिरहेको सडकमा बिहीबार बिहान साढे ६ बजे ट्याक्सीमा आगजनी भएको हो । आगोले जलेर प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्णतः जलेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको बताए । उनका अनुसार ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको छ ।

बिहीबार नेकपा प्रचण्ड–माधव समूहले संवैधानिक निकायमा गरिएको नियुक्तविरुद्ध आमहड्तालको घोषणा गरेको छ ।