Thu Dec 1 2022
देश

आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड

काठमाडौं । काठमाडौंको गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो ।

गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले रातोपाटीलाई बताए ।

बन्द गराउने समूहले सुमोको सिसा फुटाएका छन् ।