Mon Nov 28 2022
मुख्य खबर

मोरङको उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद

काठमाडौँ– मोरङको उर्लाबारीबाट प्रहरीले १ सय ८५ राउण्ड गोली बरामद गरेको छ ।

उर्लाबारी नगरपालिका–१ लक्ष्मीझार बस्ने दल बहादुर लिम्बुको खेतबारीबाट ७.६२ को १ सय ८५ राउण्ड गोली बुधवार दिउँसो प्रहरीले बरामद गरेको हो ।

लिम्बुले खेतबारी खन्ने क्रममा प्लाष्टिकभित्र पोका पारी माटो मुनी गाडेको बेवारिसे अवस्थामा उक्त गोली फेला परेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उक्त गोली बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।