Wed Nov 30 2022
देश

कञ्चनपुरमा गुडिरहेको गाडीमा ढुङ्गा प्रहार

कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ ।

काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

बसका रहेका यात्रु भने सकुसल रहेको उहाँले जानकारी दिनुभयो । ‘ढुङ्गा प्रहार गर्नेको पहिचान भएको छैन’, उनले भने, ‘खोजी कार्य जारी राखेका छौँ ।’