Wed Dec 7 2022
देश

प्रचण्ड-नेपाल समूहको आमहडताल साँझ ६ बजेपछि अन्त्य

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहले घोषणा गरेको आमहड्ताल साँझ ६ बजे अन्त्य हुने भएको छ ।

साँझ ६ बजेपछि आमहडतालका कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजकसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार आमहडतालको कार्यक्रम साँझ ६ बजेसम्मका लागि मात्रै कार्यान्वयन हुनेछ।

संवैधानिक आयोगमा बलजफ्ती नियुक्त गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको रफ्तार तीव्र रूपमा अघि बढेकाले त्यसका विरुद्ध आमहडताल गरिएको त्यस समूहको प्रष्टीकरण छ ।

अध्यक्ष माधवकुमार नेपालले आमहडतालका कारण जनतालाई कष्ट परेको भन्दै माफीसमेत मागेका छन्।

जनताले एक दिन सास्ती व्यहोर्नुपरे पनि ओलीको तानाशाही प्रवृत्ति अन्त्यका लागि आमहडतालको विकल्प नभएको तर्क छ ।