Wed Nov 30 2022
मुख्य खबर

सेनाको उपसेनानी भन्दै ठगी गरेको आरोपमा सुनसरीबाट एकजना पक्राउ

सुनसरी – सेनाको उपसेनानीको नाममा ठगेको आरोपमा एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इटहरी बजारक्षेत्रमा सर्वसाधारण तथा व्यापारीलाई रेड मर्करीको व्यापारमा फाइदा हुन्छ भन्दै ठगी गर्दै हिँडेका पर्सा ठोरी–५ का २८ वर्षीय शिवकुमार कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

प्रहरीले इटहरी–६ सामुदायिक अस्पताल अगाडिबाट नेपाली सेनाको कम्ब्याट पोसाक लगाएकै अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेको अवस्थामा उनले उपसेनानीको दर्ज्यानी चिन्हसहितको पोसाक पनि लगाएका थिए । कार्कीले ११ लाख रूपैयाँ ठगेको सूचना प्रहरीमा पुगेको थियो ।