Sat Dec 10 2022
मुख्य खबर

अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल अशान्ति र हिंसामा जान नसक्ने बताएका छन् । शुक्रबार आफुपक्षीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । ‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिवको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए ।’, ओलीको भनाई छ ।

उनले आजबाट कुन पार्टी मुल र सक्कली भन्ने फैसला भएको बताए । अझै कुन पार्टी मुल हो भन्ने अन्योल छ भने कठैबरा भन्नुपर्ने पनि बताए । ‘मुल पार्टी यही हो, जहाँ हामी छौ । देशकै मुल पार्टी हो । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा र प्रयोग गर्ने पार्टी हो’, ओलीको भनाई छ ।