Thu Dec 1 2022
मुख्य खबर

हिमपातका कारण डोल्पाको जुफाल बिमानस्थल बन्द

डोल्पा– डोल्पामा भारी हिमपात भएको छ । बिहीबार रातिबाटै वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू–भाग ढाकेको छ। हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलो पटक ठूलो हिमपात भएको हो।

माघको तेस्रो सातामा मात्रै हिउँ पर्न थालेपछि निरासामा रहेका कृषक भने खुसी भएका छन्। पानी र हिउँ परेपछि केही राहात मिलेको स्थानीय कृषक बताउँछन् ।

धूलो, हावा र रुघाखोकीले आक्रान्त भएका डोल्पाबासी हिमपातसँगै रमाएका छन्। हिउँदको समयमा हिउँ धेरै परेमा वैशाखदेखि बहुमुल्य जटिबुटी यार्सागुम्बा पनि प्रशस्त हुने स्थानीय प्रेमबहादुर लामाले बताए ।