Sat Dec 10 2022
देश

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, आज पनि वर्षा

काठमाडौँ – पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा पनि हल्कादेखि मध्यमसम्म हिमपातको पूर्वनुमान गरिएको महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा ११ बजेपछि बदली हुने र ३ बजेपछि वर्षा हुन सक्ने मौसमविद् निराजन सापकोटाले बताएका छन् ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २४ गते
दिउँसोः सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

रातिः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू=भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २५ गते
दिउँसोः देशका पहाडी भूभागहरुका आंशिक वदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

माघ २६ गते
दिउँसोः देशभरको मौसम सामान्यतया सफा रहनेछ ।
रातिः देशभरको मौसम सामान्यतया सफा रहनेछ ।