Sat Dec 10 2022
अन्तर्राष्ट्रिय

भारतमा १ करोड ५ लाखभन्दा बढीले जिते कोरोना संक्रमण

काठमाडौँ – भारतमा १ करोड ५ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

शनिबार यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५ लाख ९ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ५० हजार ४७६ छ ।

त्यहाँ कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ६८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख १५ हजार २२२ पुगेको छ ।