Sat Dec 10 2022
अन्तर्राष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ५९ लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ५९ लाख ७ हजार नाघेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २३ लाख ८ हजार नाघेको छ । त्यस्तै पछिल्लो अपडेट अनुसार हालसम्म ७ करोड ७५ लाख २४ हजारभन्दा धेरै संक्रमित निको भएका छन । विश्वमा हालसम्म सक्रिय संक्रमितको संख्या २ करोड ५९ लाख २८ हजार बढी रहेका छन ।

जसमध्ये १ लाख ४ हजार बढीको स्वास्थ्य अवस्था गम्भीर छ । त्यस्तै २ करोड ५८ लाख २३ हजार बढीको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

कोरोना संक्रमणबाट सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७८ जनाको मृत्यु हुँदा हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ७० हजार ७ सय नाघेको छ । त्यस्तै अमेरिकामा हालसम्म २ करोड ७४ लाख ७ हजार भन्दा धेरै संक्रमित भएका छन ।रु