Wed Nov 30 2022
मुख्य खबर

नारायणहिटीअगाडि बोल्दाबोल्दै किन ‘रोए’ प्रधानमन्त्री ओली?

काठमाडौँ– नारायणहिटी संग्रहालयअगाडि (माघ २३) आफ्नो समूहले आयोजना गरेको जनसभामा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्दागर्दै रुमाल झिकेर आँसु पुछे।

सुरक्षाकर्मीले दिएको पानी पिएपछि प्रधानमन्त्री ओलीले चस्मा उतारेर आँखा पुछ्दै भनेका थिए, ‘चिसोले गर्दा आँखाबाट आँसु नै आउन थाल्यो।’

तर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसलाई अर्कै रूपमा अर्थ्याएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नुभयो।’