Mon Nov 28 2022
मुख्य खबर

लेवनानमा नेपाली सेनाको सहयोग

काठमाडौँ– युनिफिल मिशनको शान्ति सैनिकको जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाले लेवनानका स्थानीय समुदायलाई कोभिड-१९ महामारी नियन्‍त्रणमा सहयोग गरेको छ।

मेडिकल आपतकालसमेत घोषणा गरिएको उक्त क्षेत्रमा मिशनको जिम्मेवारी सम्हालिरहेको नेपाली सेनाको बर्द बहादुर गण (नेपब्याट-६२) ले आफ्नो क्षेत्रमा “कोभिड किट सहयोग” अभियान सञ्‍चालन गरेको छ।

गणपति राजिब थापा लगायतको समूहले फेब्रुअरी ४ र ५ मा आफ्नो जिम्मेवारी ईलाका भित्रका सात नगरपालिका र एक गाँउपालिकमा एकसाथ कोभिड-१९ प्रतिकार्यको लागि करिब चार हजार अमेरिकी डलर बराबरको सर्जिकल मास्क, पि.पि.ई, सेनिटाईजर, ह्याण्ड वास, इन्फ्रारेड थर्मोमिटर, सेनिटाईजर डिस्पेन्सर मेशिन, औषधीहरु सहितको फष्ट एड बक्स लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

लेबनानको मिशन युनिफिलमा हालसम्म करिव ५५ हजार शान्ति सैनिकहरुले सहभागिता जनाईसकेका छन्।