Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

विश्वमा ४ लाख १९ हजार बढी संक्रमित थपिए, १० हजार ९ सय बढीको मृत्यु

काठमाडौं– विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख १९ हजार पाँच सय ४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा १० हजार नौ सय ६४ जनाको मृत्यु भएको छ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६३ लाख २५ हजार नौ सय ४८ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २३ लाख १८ हजार आठ सय ४१ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख तीन हजार नौ सय ५५ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ दुई हजार छ सय ९५ जनाको मृत्यु भएको छ।

बेलायतमा थप १८ हजार दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण आठ सय २८ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा ११ हजार नौ सय ४८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा ७२ जना संक्रमितको मृत्यु भएको छ।

ब्राजिलमा थप ४८ हजार सात सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण नौ सय ४२ जनाको मृत्यु भएको तथ्यांक छ।

रूसमा पछिल्लो २४ घण्टामा १६ हजार छ सय २७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ९७ जनाको मृत्यु भएको छ।

यस्तै, फ्रान्समा २० हजार पाँच सय ८६, दक्षिण अफ्रिकामा तीन हजार एक सय ४८, कोलम्बियामा आठ हजार पाँच सय ४७, मेक्सिकोमा १३ हजार ५१, इरानमा छ हजार नौ सय ८३, जर्मनीमा आठ हजार छ सय २८, इटलीमा १३ हजार चार सय ४२ तथा अर्जेन्टिनामा छ हजार छ सय ८० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।