Wed Nov 30 2022
मुख्य खबर

सोमबारदेखि कूटनीतिक नियोग, राष्ट्र संघका कर्मचारी र पत्रकारलाई खोप लगाइने

काठमाडौँ– दोस्रो चरणको कोरोनाविरूद्धको खोप सोमवारदेखि सुरू हुने भएको छ । दोस्रो चरणमा भोलिदेखि सरकारले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने भएको छ ।

उपत्यकाका चार अस्पतालबाट भन्डै १९ हजार कुटनीतिक नियोग र सयुक्त राष्ट्र संघलगायत पत्रकारलाई कोरोना खोप दिइने भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

टिचिङ अस्पताल, गंगालाल हृदयरोग, पाटन अस्पताल र सिभिल अस्पतालबाट क्रमशः कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउने व्यबस्था मिलाइएको छ ।

पहिलो चरणको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् ।