कालिज फर्ममा चितुवा आतंकः सयबढी कालिज नष्ट

कालिज फर्ममा चितुवा आतंकः सयबढी कालिज नष्ट
आइतवार, माघ २५, २०७७

पाल्पा– पाल्पामा व्यावसायिक रुपमा कालिजपालन गरिंदै आएको फर्ममा चितुवाले आक्रमण गर्दा एक सय बढी कालिज मारेको छ ।

तानसेन नगारपालिका वडा नं। ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा भएको काफलको रुखबाट पसेको चितुवाले सयबढी कालिज मारेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए ।

रातिको समयमा पसेको चितुवालाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा फर्मबाट बाहिर निकालिएको रेन्जर पोखरेलले बताए ।

चितुवालाई नियन्त्रणमा लिने साधन र दक्ष जनशक्ती नहुँदा झन्डै ५ घण्टाको प्रयासपछि चितुवालाई निकालेर जंगलमै छाडिएको छ ।

बिहान कालिजलाई दाना दिने क्रममा चितुवा देखेपछि स्थानीयले वन कार्यालयमा सम्पर्क गरेको थिए । कालिजले फर्ममा रहेका सयबढी कालिज नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।