Mon Nov 28 2022
मुख्य खबर

झापामा चिट्ठाको नाममा ठगी गर्ने एक पक्राउ

झापा– अनलाइनबाट चिट्ठा परेको भन्दै ठगी गर्ने गरेको आरोपमा प्रहरीले झापाको अर्जुनधाराबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले उनको साथबाट १३ लाख भन्दा बढी रकम बरामद गरेको छ भने उनले पैसा लुकाउन गोबरको थुप्रो र दराजको पनि प्रयोग गरेको पाइएको छ । प्रहरीले अर्जुनधारा नगरपालिका वडा नं ९ का २९ वर्षीय पंकज पौडेली विकलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले उनलाई झापाकै विर्तामोड २ चारपानेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनले सर्वसाधारणलाई अनलाईनमा चिट्ठा परेको र चिट्ठा बापतको रकम भारतबाट ल्याउन कर तिर्नु पर्ने भन्दै रकम असुल्दै आएको प्रहरीको भनाइ छ ।