Wed Dec 7 2022
मुख्य खबर

लागुऔषध कारोवारीको खेलखोर बन्दै झापाको गौरीगञ्ज नाका

झापा – लागुऔषध कारोवार उच्च हुने गरेको झापामा कारोवारीहरुले नयाँ नयाँ नाका उपयोग गर्ने गरेको पाईएको छ ।

भारतको पश्चिम बंगालसँग सिमाना जोडिएको काकरभिट्टा पूर्वी नेपालकै मुख्य नाका हो । अन्य व्यवसायीक कारोवारसँगै लागुऔषधको कारोबारसमेत यसै नाकाबाट हुने गरेको थियो ।

तर, कोरोना भाईरसको महामारीका कारण काँकरभिट्टा नाकाबाट व्यावसायिक कारोबार न्युन हुँदै आएको छ । सुरक्षाकर्मीको निगरानी लागुऔषध कारोवारीमाथि बढेपछि कारोवारीले काँकरभिट्टाको विकल्प खोज्न थालेका हुन् ।

गौरीगञ्ज नयाँ विकल्प

लागुऔषध कारोवारीहरुले पूर्वी नाका काँकरभिट्टाको विकल्पमा गौरीगञ्ज उपयोग गर्न थालेका छन् । गौरीगञ्ज भारतको बिहारसँग जोडिएको नाका हो । जिल्लाका पूर्वी नाकाको सट्टामा जिल्लाकै पश्चिम दक्षिणी नाकालाई लागुऔषध कारोवारीहरुले नयाँ विकल्पको रुपमा उपयोग गर्न थालेको प्रहरीले जनाएको छ ।

केहि समयअघि सम्म जिल्लाका मुख्य सहरी क्षेत्रहरु काँकरभिट्टा, विर्तामोड, दमकलगायतका क्षेत्रमा लागुऔषध कारोवारीहरुको संख्या उच्च रहने गरेको थियो । तर। केही समययता जिल्लाको पश्चिमी क्षेत्र दमक–गौरीगञ्ज करिडोरका ग्रामिण क्षेत्रमा समेत लागुऔषध प्रयोगकर्ताहरु भेटिन थालेका छन् ।