Mon Nov 28 2022
मुख्य खबर

पार्टी विवादबारे छलफल गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद र आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग जान लागेका हुन् ।

आयोगले यसअघि माघ १६ गते नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । सो छलफलमा नेकपाको ओली पक्षका दोस्रो तहका नेताहरु पुगेर छलफल गरेपनि प्रचण्ड-नेपाल पक्ष भने सो दिन छलफलमा भाग लिएनन् ।

तर त्यसको केहि दिनपछि प्रचण्ड-नेपाल पक्षले आयोगमा आफ्नो पक्षको आधिकारिकता दाबी गरिसकेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे निर्वाचन आयोग जाँदै छन् ।