Thu Dec 1 2022
आर्थिक

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५०० रूपैयाँले ‍बढेको छ ।

साताको दोस्रो दिन सोमबार ९० हजार ४०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ९०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ४०० कायम भएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । सोमबार तोलामा १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३४० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।