Mon Nov 28 2022
मुख्य खबर

लिखित परीक्षा पास गर्नेले १८ महिनासम्म सवारी लाइसेन्सको ट्रायल दिन पाउने

काठमाडौँ– अब सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै लिखित परीक्षा पास भएको १८ महिनासम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने जानकारी गराएको छ ।

यसअघि ९० दिनभित्र तीनपटक मात्र रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था थियो।

विभागका सूचना अधिकारी डा. लोकनाथ भुषालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्‍याएको छ ।