Wed Nov 30 2022
मुख्य खबर

निर्वाचनको तयारीलाई निरन्तर अघि बढाउन प्रधानमन्त्री ओलीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीलाई निरन्तर अगाडी बढाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । मंगलबार आयोगको कार्यालयमा पुगेर चुनावी तयारीबारे जानकारी लिनुभएका प्रधानमन्त्री ओलीले निर्वाचनको तयारी नरोक्न सुझाव दिनुभएको हो । उने निर्वाचनको तयारीको सम्बन्धमा आयोगले सन्तोषजनक तयारी गरेको भन्दै धन्यवादसमेत ज्ञापन गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

प्रेस सल्लाहकार थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । दलको विवादको सम्बन्धमा माघ ११ गते आयोगले एउटा निर्णय दिईसकेकोमा माघ २० गते अर्को निवेदन आएकाले आवश्यक अध्ययन गरिरहेको प्रमुख निर्वाचन आयुक्तले जानकारी गराएका थिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले खासगरी सुरक्षाको बन्दोबस्ती, बजेट लगायतका विभिन्न विषयहरुमा प्रधानमन्त्रीलाई जानकारी गराउएका थिए । प्रधानमन्त्री ओलीले निर्वाचनका लागि सबै प्रकारको सहयोग गर्न, साधन स्रोतहरुको कमी हुन नदिन सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको प्रेस सल्लाहकार थापाले बताए ।