Sat Dec 10 2022
देश

कोरोना संक्रमित थप २ को मृत्यु

काठमाडौँ– नेपालमा कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको तथ्यांक अध्यावधिक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा १६० संक्रमित थपिएका छन् भने १६५ जनाले कोरोनालाई जितेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख ७२ हजार २१५ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार ७३७ जनामा सक्रिय संक्रमिण छ भने २ लाख ६८ हजार ४३१ जनाले कोरोनालाई जितेका छन् ।

सक्रिय संक्रमितको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।