Wed Nov 30 2022
मुख्य खबर

बलात्कारको संरक्षण गर्ने गृहमन्त्रीलाई प्रधानमन्त्रीले छोरो बनाएर राखे : अञ्जना बिसंखे

काठमाडौं-प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड नेपाल पक्षले अहिले राजधानीमा आमसभा गरिरहेको छ।

सभामा अहिले वक्ताहरूले बोल्ने क्रम जारी छ। वक्ताहरूले ओलीले गरेको प्रतिगमनको विरोध गरेका छन्।

सभालाई सम्बोधन गर्दै नेकपाकी नेतृ अञ्जना बिसंखेले बलात्कार र हत्याको संरक्षण गर्ने गृहमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कान्छो छोरो बनाएर राखेको टिप्पणी गरेकी छन् ।

बिसंखेले बालिका बलात्कार र महिला हत्याको संरक्षण गर्ने गृहमन्त्रीलाई प्रधानमन्त्री ओलीले कान्छो छोरो बनाएर राखेको बताएकी हुन् ।