Thu Dec 1 2022
देश

संविधानलाई प्रधानमन्त्रीले कुर्सीसंग साटे : जनार्दन शर्मा

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका कर्णाली प्रदेशका इन्चार्ज जनाद्र्धन शर्मा प्रभाकरले जनताको ठूलो बलिदानीबाट प्राप्त उपलब्धि संघीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसंग साटेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले विहिबार काठमाण्डौमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दे उनले कुर्सी र पदसंग प्रधानमन्त्री ओलीले संविधान र संघीयता साट्ने काम गरेको बताएका हुन् ।

उनले संविधान र संघीयता कुर्सी र पदसंग साटिन नसक्ने भन्दै खबरदारी गरे । शान्तिपुर्ण आन्दोलनमा आएका जनता कुनै दिन विद्रोहमा पनि उत्रन सक्ने चेतावनी उनले दिए ।