Wed Nov 30 2022
मुख्य खबर

यो आवाज सुनिएन भने ६२/६३ सालको भन्दा ठूलो आगो दन्किनेछ  : झलनाथ खनाल

काठमाडौं-नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वप्रधानमन्त्री भलनाथ खनालले आन्दोलनको आवाज सुनिएन भने ६२/६३ सालको भन्दा ठूलो आगो दन्कने बताएका छन् ।

आज काठमाडौंमा प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै उनले ओलीको तानशाहविरुद्ध सडकमा आगो दन्किने बताएका हुन् ।

उनले केपी शर्मा ओली र समर्थक साथीहरुलाई विरोध कार्यक्रम भइरहेको प्रदर्शनी स्थलमा हेर्न आउन समेत आग्रह गरे ।

उनले निर्वाचन आयोग कुन पार्टी आधिकारिक भएको भन्नेमा अलमल नपर्न पनि आग्रह गरे ।

उनले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित भइसकेको आरोप लगाए ।