Thu Dec 1 2022
अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्ध दोस्रो महाभियोगको सुनुवाइले निरन्तरता पाउने

एजेन्सी-अमेरीकाका पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको दोस्रो महाभियोगबारेको सुनुवाइले निरन्तरता पाउने भएको छ ।

अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेपछि सुनुवाइले निरन्तरता पाउने भएको हो ।

मतदानमा सुनुवाईको पक्षमा ५६ मत र विपक्षमा ४४ मत खसेको थियो । सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छ जना रिपब्लिकनले पनि मतदान गरेका थिए ।

सुनुवाइ प्रक्रियालाई निरन्तरता दिन सामान्य बहुमत आवश्यक हुन्छ । गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो ।

निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति हुन ।

संसद्मा हिंसा गर्न आफ्ना समर्थकको भिडलाई उत्साहित गरेको आरोपमा उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भैसकेको छ ।

तर ट्रम्पले महाभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने यसअघि नै बताइसकेका छन ।

उनका समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।

त्यस्तै संसद् भवनभित्र रहेका सांसदहरू पनि लुक्नु परेको थियो ।