Sat Dec 10 2022
मुख्य खबर

प्रचण्डको चेतावनी : केपी ओलीको ‘निरंकुशता’ विरुद्ध थप आन्दोलन चर्किन्छ

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निरंकुशता’ विरुद्ध थप आन्दोलन चर्किने बताएका छन् ।

नेकपा प्रचण्ड–माधव समूहको जनसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै आफूहरु जनताको शरणमा आएको बताए ।

उनले ओलीको असंवैधानिक कदम विरुद्ध अब लाखौं जनता सडकमा आउने दाबी गरे ।

उनले निर्वाचन आयोगलाई ‘काइते’ कुराको पछि नलाग्न समेत आग्रह गरे । उनले आफूहरु शान्तिपूर्ण राजनीतिमा रहेको बताउँदै कानूनी मान्यतमा दृढ रहेको बताए ।

उनले अदालतले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा फैसला गर्नेमा विश्वास व्यक्त गरे ।