Mon Nov 28 2022
मुख्य खबर

थप १३४ जनामा कोरोना पुष्टि, ११८ जना संक्रमणमुक्त

काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १३४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । जसमा नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ७५३ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म २ लाख ६८ हजार ५४९ जना स‌ंक्रमणमुक्त भएका छन् ।

आज कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ४७ छ ।