Wed Nov 30 2022
देश

बाँकेमा मोटरसाईकल चोरीमा संलग्न गिरोह पक्राउ

बाँके-प्रहरीले मोटरसाईकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरेर प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरुले बाँकेका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरेर पहाडी जिल्लाहरुमा बेच्ने गरेको खुलासा भएको बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

एसपी रानाका अनुसार पक्राउ परेका ब्यक्तिहरुसँगै चोरीका ११ मोटरसाइकल समेत बरामद गरीएको छ ।