Mon Nov 28 2022
मुख्य खबर

रामकुमारी झाँक्री पक्राउ

काठमाडौं-नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् ।

प्रहरीले उनलाई राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ गरको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् ।

महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।