Wed Nov 30 2022
देश

झाँक्री पक्राउपछि प्रचण्डले भने “ओली नेतृत्वको सरकारले आफ्नो चरित्र देखायो”

काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामकुमारी झाँक्री पक्राउ गरेर केपी ओली नेतृत्वको सरकारले आफ्नो चरित्र देखाएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेपाल मगर संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली सरकारले हिजो नै झाँक्रीलाई पक्राउ गर्न खोजेको तर आफुहरुले जोगाएको समेत बताए ।

उनले यसबारेमा पार्टीले छिटै निर्णय गर्ने बताएका छन् । अहिले सरकारले संघीयता गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न खोजेको आरोप लगाए ।

त्यसकै प्रमाण स्वरुप झाँक्री पक्राउ गरिएको उनको भनाइ छ ।