Mon Nov 28 2022
मुख्य खबर

पक्राउपछि रामकुमारी झाँक्रीको प्रतिक्रिया-यो अन्तिम लडाईँ हो

काठमाडौं-दाहाल नेपाल समूहकी नेकपा नेतृ रामकुमारी झाँक्रीले पक्राउपछि यो अन्तिम लडाईँ भएको बताएकी छन् ।

आज निवासबाटै प्रकाउ परेपछि नेतृ झाँक्रीले यस्तो प्रतिक्रिया दिएकी हुन् । अहिले झाँक्रीलाई अहिले अपराध अनुसन्धान मिनभबनमा राखिएको छ ।

उनीमाथि राज्यविरूद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी पक्राउ गरिएको हो । साथै उनले सबैलाई धैर्य गर्न अनुरोध गरेकी छन् ।