Thu Dec 1 2022
मुख्य खबर

सरकारले वाक स्वतन्त्रामाथि अंकुश लगाउने काम गर्‍यो : झलनाथ खनाल

काठमाडौं-नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्री पक्राउको निन्दा गर्दै ओली नेतृत्वको सरकारको तानाशाही प्रवृत्ति उदाङ्गो भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर सुरू गरेको तानाशाहीकरणलाई अहिले पुनः नेकपा नेतृ झाक्रीलाई पक्राउ गरी सरकारले वाक स्वतन्त्रामाथि अंकुश लगाउने काम गरेको बताए ।

उनले नेतृ झाक्रीको गिरफ्तारी सरकारको तानाशाहीकरणको अर्को प्रक्रिया भएको समेत बताए ।