Thu Dec 1 2022
मुख्य खबर

ट्रकको ठक्करले मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु

धादिङ-धादिङको धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएको दुर्घटनामा ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा सुरेश अधिकारीको मृत्यु भएको हो ।

घाइतेको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको
छ ।