Wed Nov 30 2022
मुख्य खबर

पक्राउ परेको साढे ५ घण्टापछि रिहा भइन् रामकुमारी झाँक्री

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी युवा नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् ।

प्रहरीले उनलाई पक्राउ परेको साढे ५ घण्टापछि रिहा गरेको हो । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो ।

रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले जनताका संघर्षका उपलब्धिमाथि संविधान नै च्यातचुत पार्ने प्रयास भएको प्रतिक्रिया दिएकी छिन् ।

प्रहरीले झाँक्रीलाई शंखमूलस्थित उनको निवासबाटै नियन्त्रणमा लिएको थियो ।

झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोधसँगै र सरकारको आलोचना भएको थियो ।