राष्ट्रिय महिला लिग : चौदण्डीगढीमाथि वालिङ नगरपालिकाको सहज जित

राष्ट्रिय महिला लिग : चौदण्डीगढीमाथि वालिङ नगरपालिकाको सहज जित
बिहिबार, माघ २९, २०७७

काठमाडौं-राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आजको पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७÷१ गोल अन्तरले पराजित गरेको हो ।

लिगमा यो वालिङको चौंथो जित हो । यो जितसँगै वालिङले ९ खेलमा १८ अंक जोडेको छ । वालिङ लिगको तेस्रो स्थानमा रहेको छ ।

चौदण्डीको यो लगातार नवौं हार हो । अंक विहीन चौदण्डी पुछारमा रहेको छ । त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सातौं जित निकालेको छ ।

विराटनगर महानगरपालिकामाथि ७ शुन्य गोल अन्तरको जित निकाल्दै आर्मीले लिगमा सातौं जित निकालेको हो ।

आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला बिकले २, २ गोल गरे । त्यस्तै सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक एक गोल रह्यो ।

यो जितसँगै आर्मीले शीर्ष स्थानको एपीएफमाथि दवाब कायम राखेको छ । दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ ।

एपीएफको २४ अंक रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।