बायर्नले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

बायर्नले जित्यो क्लब विश्वकप फुटबलको उपाधि
शुक्रबार, माघ ३०, २०७७

काठमाडौँ– च्याम्पियन्स लिग विजेता बायर्न म्युनिकले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

बिहीबार राति भएको खेलमा मेक्सिकन क्लब टाइगर्स युएएनललाई १-० गोलले हराउँदै बायर्नले उपाधि जितेको हो ।

अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले निर्णायक गोल गरे । पाभर्डले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए ।

यससंगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएका छन् । यस्तै बायर्नले पछिल्लो ९ महिनाभित्र ६ उपाधि जित्न सफल भएको छ ।

पछिल्लो समय बायर्नले यूईएफए सुपर कप, जर्मन सुपर कपको उपाधि जितेको थियो । यस अघि बायर्नले सेमिफाइनलमा इजिप्टको अल एहलीलाई २-० गोल अन्तरले हराएको थियो ।