पश्चिमी वायु सक्रिय, कस्तो रहला आगामी तीन दिनको मौसम ?

पश्चिमी वायु सक्रिय, कस्तो रहला आगामी तीन दिनको मौसम ?
शुक्रबार, माघ ३०, २०७७

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल देशको सुदुरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भु-भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ३० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन ०१ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन ०२ गते (आईतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।