Thu Dec 1 2022
आर्थिक

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– शुक्रबार सुनको मूल्य घटेको छ । छापावाल सुन प्रति तोलामा ६ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ। बिहीबार सुनको भाउ प्रति तोला ९१ हजार ५ सय रुपैयाँ रहेको थियो। हिजो तोलामा ४ सयले घटेको थियो।

त्यसैगरी, तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।