Mon Nov 28 2022
मुख्य खबर

उपचारका लागि नेता खनाल दिल्ली प्रस्थान

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनाल आज बिहान दिल्ली प्रस्थान गरेका हुन्।

नियमित स्वास्थ्य परीक्षणका लागि खनाल भारतको राजधानी दिल्ली गएका हुन् । उनको दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने छ।