भीआइपीको सुरक्षामा ब्यापक कटौती, जिम्मेवारी पनि हेरफेर

काठमाडौँ– सरकारले भीआईपीको सुरक्षा कटौती गरेको छ । बहालवाला तथा पूर्वपदाधिकारी र राष्ट्रसेवक कर्मचारीको सुरक्षामा कटौती गर्दै सरकारले जिम्मेवारी पनि हेरफेर गरेको छ ।
मन्त्रिपरिषदबाट पारित अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधिमा नपरेका पूर्व तथा बहालवाला व्यक्तिका अंगरक्षक एवं निवास सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई फिर्ता बोलाउन थालिएको छ। कार्यविधिमा तोकिएभन्दा बढी खटिएका ठाउँबाट सुरक्षाकर्मी फिर्ता बोलाउने तयारी सरकारको छ ।
गृह मन्त्रालयबाट कार्यविधि कार्यान्वयनका लागि हालै पारित मापदण्डसहित निर्देशन आएको र त्यही क्रममा जनशक्ति तथा जिम्मेवारी हेरफेर गर्न थालिएको प्रहरी र सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।
गृहको निर्देशनपछि सातवटै प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी फिर्ता बोलाउन थालिएको छ।
पूर्व विशिष्टको सुरक्षाका लागि गृह मन्त्रालयले नयाँ मापदण्ड बनाएर कार्यविधि विपरीत सुरक्षाका बहानामा बढी सुरक्षाकर्मी राखिएको पाइएपछि सरकारले त्यसरी राखिएका सुरक्षाकर्मीलाई फिर्ता ल्याउन कदम चालेको हो।
मन्त्रिपरिषद्ले केही समयअघि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त्री, पूर्व प्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो।
स्वीकृत नयाँ कार्यविधि अनुसार पूर्वराष्ट्रपतिले अब २१, पूर्व धानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन्। यस्तै पूर्व प्रधानन्यायाधीशलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।
यसैबीच पूर्वराजा ज्ञानेन्द शाहका स्वकीय सचिव सागरप्रसाद तिमिल्सिनाले गृह मन्त्रालयलाई एक पत्र लेख्दै नयाँ कार्यविधिबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।
हाल पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि ९९ जना सुरक्षाकर्मी खटाइदैं आइएको छ। जसअनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी हाल सुरक्षाका लागि खटिँदै आइरहेका छन्। नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार भने पूर्वराजपरिवारका लागि १६ जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।
यस्तो छ पत्र
-
कुवेतमा अवैध बसेका श्रमिकलाई स्वदेश फर्किने समय एक महिना थप
-
त्रिकोणात्मक क्रिकेट आजबाट, नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक
-
अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने
-
मुख्यमन्त्री बन्ने कँडेलको चौथो प्रयास पनि असफल
-
विश्वभर ११ करोड ९३ लाख कोरोना भाइरस संक्रमित निको
-
जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाविरूद्धको खोप
-
भारतमा एकैदिन २ लाख ३३ हजारमा कोरोना भाइरस संक्रमण
-
इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी
-
मौसमः आइतबारसम्म नै असिनापानीको सम्भावना
-
कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च
-
असिनाले तरकारी नष्ट
-
ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं
-
कर्णालीमा ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा
-
तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट
-
दिनभरि माछा मारेर २ सय पनि नकमाउने लछुमन माझीलाई जब साढे ५ करोड कर छली गरेको पत्र आयो…
-
काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मको तयारी
-
फेरि होला लकडाउन ?
-
अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध
-
सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट
-
अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ५ विहीबार)
-
चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ घाइते
-
रेड पाण्डाको सात थान छालासहित सोलुखुम्बुबाट तीन जना पक्राउ
-
मंगलबारदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
-
एमसीसी सम्झौता अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
डढेलो १० वर्षयताकै उच्च : फायर फाइटिङ हेलिकप्टर ल्याउन दुई अर्ब माग
-
जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र १९ बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ११ बुधबार)