Thu Dec 1 2022
मुख्य खबर

काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत कटौती गर्दैछ ।

सडक विस्तारको काम चलिरहेको तथा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्रले जनाएको छ। बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि दिउँसो विद्युत् कटौती गर्ने जनाएको हो ।

साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो ।

कहाँ कतिबेला विद्युत कटौती

बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार आज बिहान ११ देखि दिउँसो २स्३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ।

आझै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२स्३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १स्३० देखि अपरान्ह ४स्३० सम्म विद्युत काटिनेछ।

कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १स्३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ।

हेर्नुहोस् सूचना