राष्ट्रिय महिला लिग : आर्मी र वालिङ तथा विराटनगर र चौदण्डीगढी भिड्दै

राष्ट्रिय महिला लिग : आर्मी  र वालिङ तथा विराटनगर  र चौदण्डीगढी भिड्दै
शनिबार, फाल्गुन १, २०७७

काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन ।

आजको पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गरेको थियो । सो जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अंक बराबरी गरेको थियो ।

१४ अंक जोडेको पुलिस गोल अन्तरको आधारमा चौथो स्थानमा छ । चन्द्रपुर ६ अंकसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अंक छ, भने आर्मी २२ अंकसहित दोस्रो स्थानमा छ ।रु