राष्ट्रिय महिला लिग फुटबल : आर्मी र चन्द्रपुरबीच प्रतिस्पर्धा हुँदै

राष्ट्रिय महिला लिग फुटबल : आर्मी र चन्द्रपुरबीच प्रतिस्पर्धा हुँदै
आइतवार, फाल्गुन २, २०७७

काठमाडौँ– राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।

आजको खेलमा चन्द्रपुरलाई हराएर आर्मी एपीएफविरुद्ध दबाब कायम राख्ने दाउमा रहेको छ । ९ खेल खेलेको आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एपीएफ २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । आज आर्मीलाई हराएर चन्द्रपुर अंक तालिका सुधार गर्न चाहन्छ ।