Thu Dec 1 2022
मुख्य खबर

निर्वाचन आचारसंहिताबारे छलफल गर्न राजनीतिक दललाई आयोगले बोलायो

काठमाडौं– निर्वाचन आयोगले आगामी चुनावको बारेमा छलफल गर्न राजनीतिक दलहरुलाई बोलाएको छ।

चुनावको बारेमा दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाकारी दिए।

श्रेष्ठले भने ‘हामीले संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई छलफलका लागि विहान ११ बजे बोलाएका छौं, आयोगले निर्वाचन आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल गर्नेछ।’

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनावकाे घोषणा गरेकाे छ।

आयोगले आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ। सोही मस्यौदामा रहेर दलका प्रतिनिधिहरुसँग सुझाव लिन लागेको हो। दलको सुझावपछि आयोगले आचारसंहिताबारे निर्णय गर्ने श्रेष्ठले जानकारी दिए।