मेस्सीको दोहोरो गोलमा बार्सिलोना विजयी

मेस्सीको दोहोरो गोलमा बार्सिलोना विजयी
आइतवार, फाल्गुन २, २०७७

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले अलाभेसमाथि ५–१ गोलअन्तरको फराकिलो जित निकालेको छ।

क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाका लागि लियोनल मेसी र फ्रान्सिस्को ट्रिन्काओले समान दुई–दुई गोल गर्दा जुनियर फिर्पोले थप एक गोल गरे ।

अलाभेसका लागि लुइस रिओजाले एक गोल गर्दा अन्य खेलाडीले कुनै गोल गर्न सकेनन् ।

जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। तालिकाको शीर्षस्थानमा रहेको एट्लेटीको मड्रिडले २१ खेलबाट ५४ अंक जोड्दा बार्सिलोना र रियल मड्रिडले समान २२ खेलबाट ४६ अंक जोड्दै क्रमस दोस्रो र तेस्रो स्थानमा रहेका छन्।